विराटनगर, नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको कांग्रेस नेत्री सुजाता कोइरालाले बताएकी छन्।
बुधबार गृहनगर आउने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले भनिन्, “नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै किसिमको संलग्नता छैन । यो निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”
अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यस प्रकरणले चर्चा पाएको बताएकी कोइरालाले नकारात्मक घटनाले मुलुककै छविमा आँच आउन सक्नेतर्फ सबैलाई सचेत रहन आग्रह गरिन्।
उनले भनिन्, ‘यस विषयले विभिन्न देशमा चासो भएको छ। मलाई समेत देशविदेशबाट साथी इष्टमित्रले प्रश्न सोध्नुहुन्छ। हाम्रो मुलुकको छविलाई उच्च बनाउन सबैले राम्रो कार्यलाई मात्र प्रश्रय दिनु उत्तम हुनेछ।’
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीनिकट एक व्यक्ति पक्राउ परेका छन्।
उनले भनिन्, ‘यस विषयमा कांग्रेस नेता पनि पर्नुभएको छ। छानबिन सही रुपमा हुनु आवश्यक छ। साथै, यस्तो प्रकरणमा मेरो कुनै संलग्नता छैन।’
नक्कली भुटानी बनाएर अमेरिका लैजान खोज्नेहरूमध्येका एक मोरङका केशव दुलाल, सागर राईलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस