काठमाडौं, ३० वैशाख । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहामा एक व्यक्ति हाइटेन्सन लाइनको पोलको टुप्पोमा चढेका छन् ।
बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी हाइटेन्सको पोलमा चढेका हुन् । उनी पाँच घण्टादेखि पोलको टुप्पोमा चढेर बसेका हुन् ।
सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै उनी १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन्।
गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।
उनी शनिवार बिहान ६ बजे पोलमा चढेको हुन् । उनलाई तल ओराल्ने प्रयास भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस