काठमाडाैं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले आफूविरुद्ध नियोजित रूपमा मानमर्दन भइरहेको बताएकी छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आरजुले व्यक्तिगत रिस, कुण्ठा र आवेगलाई स्थान नदिन सञ्चार माध्यमलाई आग्रहसमेत गरेकी छन् । उनले तथ्यमा रहेर कसैको हस्तक्षेपबिना मिडियामार्फत सूचना र विचारहरू दिन सकिने भएपनि नियोजित रूपमा आफूविरुद्ध प्रहार भइरहेको बताएकी छन् ।
‘त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीहरूले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछ,’ उनले भनेकी छन्, ‘हरेकजसो अन्तवार्तामा केही व्यक्तिहरू नियोजितरूपमै मेराविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम सञ्चार माध्यमलाई आग्रह गर्दछु,’ उनले भनेकी छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राणा कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
यस्तो छ राणाले जारी गरेको विज्ञप्ति
पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालीगलौज र लाञ्छना लगाउने अधिकार छैन ।
नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ। तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजित रुपमा म बिरुद्ध व्यक्तित मानमर्दन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
हरेकजसो अन्तर्वार्तामा केही व्यक्तिहरु नियोजित रुपमै मेरो विरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम सञ्चारमाध्यमलाई आग्रह गर्दछु।
जय नेपाल ।
डा. आरजु राणा देउवा
प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य, नेपाली कांग्रेस
मितिः २०८० बैशाख १९ गते
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस