तनहु, नेकपा (एमाले)का नेता महेश बस्नेतले तनहु-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रहेका डा स्वर्णिम वाग्ले कुनै नयाँ व्यक्ति नभएर कांग्रेसका कार्यकर्ता भएको बताएका छन्।
मंगलबार तनहुँ-१ को चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले रास्वपाका उम्मेद्वार स्वर्णिम वाग्ले कुनै नयाँ जोगी नभई, कांग्रेसका कार्यकर्ता रहेको बताएका हुन्।
उनले भने,‘अहिले एउटा नयाँ जोगी यहाँ खुब आएको देखिन्छ। नयाँ जोगीले बढी खरानी घस्छ भन्ने हाम्रो भनाई छ। ती जोगीको नाम हो, स्वर्णिम वाग्ले। स्वर्णिम वाग्ले कुनै नयाँ जोगी हैनन् यिनी कांग्रेसका खाटी कार्यकर्ता हुन्। यी हिजो राज्यको लाभ प्राप्त गरेर विदेशमा गएर पिएचडी गरेका साथी हुन्।’
यस्तै, नेता बस्नेतले एमालेका कारणले तनुहँमा चुनाव नभएको बताए। राष्ट्रपति रामचन्द्र पौडेलको कारणले यो क्षेत्रको निर्वाचन बेहर्नु परेका बताउँदै कांग्रेसले यो क्षेत्रमा केही विकास नगरेको उनले आरोप लगाए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस