चितवन, चितवन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठले भोलि दिउँसो १ बजेपछि मनोनयन पत्र (उमेदवारी) दर्ता गर्दै छन् । सत्ता गठबन्धनका तर्फबाट श्रेष्ठले उमेदवारी दर्ता गर्न लागेका हुन् ।
उमेदवारी दर्ता गर्नुअघि कांग्रेसले चौविसकोठीमा नेता कार्यकर्ताको भेला राखेको छ । चौविसकोठीमा भेला भएर उमेदवारी दर्ताको लागि ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने कांग्रेसको तयारी छ ।
उमेदवारी दर्ता कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) आउने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । महामन्त्री र सहमहामन्त्री उपस्थित हुने कार्यक्रममा कांग्रेसले जिल्ला तहका विभिन्न संरचनाका सम्पूर्ण पदाधिकारी र शुभेच्छुकलाई सहभागी हुन आग्रह गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस