भरतपुर, चितवन कांग्रेसले जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ । यस्तै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पनि कारवाही फुकुवा गरिएको छ । तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालालाई पार्टीले कारवाही गरको थियो। २०७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइराला पार्टी सभापति समेत थिए ।
विकासको कारबाही फुकुवाका लागि जिल्लाबाटै सिफारिस भएको थियो । उनी गत महाधिवेशनमै कारबाही फुकुवाको लाइनमा थिए । तर, विकासको कारबाही सकिँदा उनी अघि बढ्ने भएपछि जिल्लाकै नेताहरूले रोकेका थिए ।
संयोग नै मान्नुपर्छ तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका जोशीको एकैसाथ कारबाही फुकुवा भएको छ । कोइरालाको निधन भइसकेको छ भने पौडेल राष्ट्रपति बनेर कांग्रेसबाट अलग भइसकेका छन् ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णयबाट जोशी र कोइरालाको कारबाही फुकुवा भएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस