केपी शर्मा ओली र प्रचण्डबीच आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति बनेको भएपनि पूरै पाँच वर्षसम्म प्रचण्ड नै प्रधानमन्त्री रहिरहने सङ्केतहरू देखिएका छन् ।
प्राप्त जानकारीअनुसार काङ्ग्रेसले समीकरण बदलेर पूरै पाँच वर्षसम्म प्रधानमन्त्री पदमा रहन प्रचण्डलाई प्रस्ताव गरेको छ । राष्ट्रपति काङ्ग्रेसलाई दिन माओवादी तयार भए प्रचण्डलाई पाँच वर्षसम्म समर्थन दिने मानसिकता काङ्ग्रेस नेतृत्वले बनाएको हो । काङ्ग्रेसको यस्तो प्रस्तावलाई रोक्न केपी पनि पहिलेको सहमति खारेज गरी पूरै कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री मानेर बस्ने निष्कर्षमा पुग्न सक्छन् । तर राष्ट्रपतिसमेत हात पारिसकेपछि केपीको कार्यशैली र व्यवहार बदलिने सम्भावनालाई दृष्टिगत गरी माओवादीका नेताहरू अहिले नै ज्यादा सचेत देखिएका छन् । त्यसैले केपीको भन्दा काङ्ग्रेसको प्रस्तावप्रति प्रचण्ड र उनको पार्टी ज्यादा आकर्षित हुने अवस्था छ ।
जे भएपनि संसद्को तेस्रो पार्टी माओवादी अहिले सबैभन्दा बलियो देखिन पुगेको छ । संसदीय प्रजातन्त्रको मूल्य-मान्यताविपरीत तेस्रो पार्टीले सरकार बनाउने र चलाउने स्थिति रहँदा यसले प्रजातान्त्रिक प्रणाली, निर्वाचन र जनमतको खिल्ली उडाउने काम भने अवश्य गरिरहेको छ । सम्भवतः प्रचण्डले प्रजातान्त्रिक प्रणालीको खिल्ली उडाउन सक्नुलाई पनि आफ्नो क्रान्तिकारी सफलता ठानिरहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस