चितवन : इलाका प्रहरी कार्यालय गैंडाकोटको प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी निरीक्षक रीता पौडेल आएकी छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट काजसरुवा भै गैंडाकोट आएकी प्रहरी निरीक्षक पौडेलले मंगलबारदेखि जिम्मेवारी सम्हालेकी हुन् ।
नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय बर्दिया दरबन्दी भएकी पौडेल नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत प्रहरी थिइन् । जिम्मेवारी सम्हाल्दै प्रहरी निरीक्षक पौडेलले गैंडाकोट क्षेत्रको शान्तिसुरक्षामा कुनै कमी हुन नदिने बताएकी छन् । उनले समुदाय–प्रहरी साझेदारीमा नै शान्तिसुरक्षासँगसँगै विकृति र विसंगति न्यूनीकरणलाई प्राथमिकता दिने बताएकी छन् ।
(आइपिएस) तालिम प्राप्त प्रहरी निरीक्षक पौडेल २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेकी हुन् । उनले गैंडाकोट लागुऔषधको मुख्य नाकाको रुपमा देखिएको बताउँदै त्यसलाई रोक्न आफ्नो नेतृत्वको प्रहरी प्रशासन जिम्मेवारीपूर्वक लाग्ने बताइन् ।
यसअघि इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा भएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस