चितवन, नारायणगढमा शुक्रबार सडक विस्तारका लागि डोजर चल्यो । सडक डिभिजन कार्यालय भरतपुरले यसअघि दुई पटकसम्म सूचना प्रकाशन गरेर सडक सिमा अतिक्रमण गरेर बनाइएको संरचना भत्काएको हो ।
सडकको डोजरसंगै भरतपुर महानगरपालिका अवैध संरचना हटाउने अभियानको तयारीमा छ । भरतपुर महानगरले मंसिर १३ गते ३५ दिने सूचना निकालेर अवैध संरचना हटाउन आग्रह गरेको थियो । उक्त सूचनाको म्याद सकिन अब केहि दिन मात्रै बाँकी छ । अब केहि दिनपछि महानगरले डोजर लिएर अवैध संरचना भत्काउन हिँड्ने मेयर रेनु दाहालले बताएकी छन् ।
सूचनाको समयावधि भित्र अवैध संरचना नहटाईए महानगर आफैले हटाउने भएको हो । संरचना हटाउँदा बापत लाग्ने खर्च समेत सम्बन्धिन व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ ।
महानगरले सार्वजनिक जग्गामा स्वीकृत नलिई निर्माण भएका भवन, टहरा र संरचनाहरु, सडक क्षेत्राधिकार मिचेर बनाईएका टहरा, कम्पाउण्डवाल एवं अन्य सरंचरनाहरु, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचनाहरु, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरि ढलाई गरि बनाईएका स्थायी र्याम्पहरु, नक्सापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरि अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्टहरु हटाउने सूचनामा उल्लेख गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस