काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको क्यान्टिनमा प्रेसर कुकर विस्फोट हुँदा तीन जना घाइते भएका छन्।
शनिबार राति करिब साढे ८ बजेतिर क्यान्टिनमा खाना पकाउनेक्रममा एक्कासी विस्फोट हुँदा तीन जना घाइते भएको सशस्त्र प्रहरी बलले जनाएको हो।
घाइते हुनेमा एक जना ११ वर्षीय बालक आयुष बुढा, र दुई जना जवान जवानद्वय यमनाथ योगी र हिरासिंह बराल रहेका छन्। उनीहरूको उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस