बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन् । परिवारसहित नेपाल आउन लागेका ओबरोय आज साँझ पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङ हुने तालिका रहेको छ ।
नेपाल रहँदा उनी सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको भ्रमण गर्ने तालिका रहेको छ ।
उनी व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । यसअघि भिडिओ सन्देश जारी गर्दै उनले भनेका थिए, ‘नेपाल यस्तो देश हो, जससँग भारतको वर्षौँदेखि सुन्दर सम्बन्ध, एकता छ । हामी नेपाली र नेपाली हामीजस्तै छौँ ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस