नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगेका सापकोटा बीच करिब एक घण्टा वार्ता भएको हो ।
सिन्धुपाल्चोक १ बाट सापकोटाकै भतिज माधव सापकोटा ‘सुवोध’ निर्वाचित भइसकेका छन् । सत्ता गठबन्धनमा राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदहरू प्याकेजमै भागबण्डा मिलाउन प्रयास भइरहेको छ।
त्यही बेलामा सापकोटा खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सापकोटा ०७४ सालमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका थिए । युवालाई छाड्ने भन्दै यो पटक सापकोटा चुनाव लडेनन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस