काठमाडौँमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर–६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वीबहादुर नगरपालिका–५ घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको ज्यान गएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर घाइते बनाएको थियो । उहाँको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस