कञ्चनपुरमा १७ वर्षिया किशोरी बलात्कारगर्ने तीन जना प्रकाउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका स्थित कक्षा ९ मा अध्ययन किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको हो
पक्राउ परेका तीनै जना किशोरीको चिनजानको व्यक्ति हुन् । उनीहरु तीन जनाले किशोरीलाई फरक फरक मितिमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीकै २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।
किशोरीको महिनावारी रोकिएपछि परिवारका सदस्यहरूले घटनाबारे थाहा पाएका थिए र किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस