दार्चुलाको ब्याँस गाउँपालिका-४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणमा वर्तमान र निवर्तमान गरी दुई वडाध्यक्ष प्रकाउ परेका छन् । बिस्टको घटनामा अनुसन्धान गर्न प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष, पूर्व वडाध्यक्षसहित थप एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको छ।
बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
घटना लगत्तै प्रहरीले सोही सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो ।प्रहरीसँग उनले आफू घटनामा संलग्न रहेको बयान दिएका थिए । घटनामा दोषि पुष्टि गर्दै प्रहरीले मङ्सिर १२ गते प्रहरीले दिपकलाई सार्वजनिक गरेको थियो । मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका बिस्ट ४ गते हत्या गरिएको अवस्थामा फेला परेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस