चितवन, भरतपुर महानगरपालिका ४, ५, ११ र १२ का भूमिहिन सुकुमबासीहरुलाई प्रदेश सांसद जोशीले बस्तीमै पुगेर भेटेका छन् ।
काठमाडौंमा सुकुम्बासी बस्ती उठाउन खोजेको खबरपछि त्रसित यहाँका भूमिहिन सुकुमबासीहरु प्रदेश सांसद जोशीले लाई भेटेर तपाई हरुले लालपुर्जा पाउने कुरामा निश्चिन्त हुन आग्रह गरेका छन्।
जोशीले काठमाडौंको जस्तो अवस्थामा यहाँ नआउनेमा ढुक्क हुन पनि आग्रह गरेका छन्। ‘काठमाडौंमा सुकुम्बासी बस्ती उठाउन खोजेको खबरले यहाँका सुकुम्बासीहरु पनि त्रसित हुनुहुन्छ । काठमाडौं र यहाँको अवस्था फरक छ । यहाँ पनि उठाउछन् भन्ने हल्ला मात्रै हो । कोही डराउनुपर्दैन । आत्तिनु पर्दैन, ढुक्क हुनुहोस्, लालपुर्जा पाउनुहुन्छ’, उनले भने ।
उनले सबै भूमिहिन सुकुमबासीहरुहरुको हातमा जग्गा धनी पुर्जा पुराउने प्रतिवद्धता जनाए । भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपुर्जालाई केबल चुनावी एजेण्डामा मात्रै सीमित हुन नदिने उनको भनाइ थियो ।
उनले सुकुम्बासी बस्तीमा बिभिन्न सिपमुलक तालिम ल्याएर रोजगारीको अवस्था सृजना गर्ने प्रतिवद्धता पनि जनाए । यस्तै सुकुम्बासी बस्तीमा छिट्ठै स्वास्थ्य शिविर राख्ने पनि बताए । आफू जनताको समय समाधानकै लागि सांसद बनेको भन्दै आफ्नो काम कर्तव्यबाट कहिल्यै पछि नहट्ने उनको भनाइ थियो ।
यसैबीच सांसद जोशीले वर्षौंदेखि अलपत्र रहेको भरतपुर ५ र ६ को सिमाना वुद्धचोकदेखि पश्चिमतर्फको बाटोको निरीक्षण गरेका छन् । ६१० मिटरको उक्त सडकमा कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र छ ।
जोशीले स्थानीय उपभोक्ता समितिहरुसँग उक्त सडकको बिषयमा जानकारी लिनुका साथै छलफल पनि गरेका छन् । छलफलपछि उनले यथाशिघ्र काम अघि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । कुनै पनि बाहानामा जनतालाई दु:ख दिने काम आफूलाई मान्य नहुने उनको भनाइ थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस