धादिङ, धादिङको काँग्रेसले कम्युनिस्टहरुसंग मिलेर लालकिल्ला भत्काएको छ। २०६४ साल देखि निरन्तर पराजय व्यहोर्दै आएको काँग्रेसले यस पटक वाम लोकतान्त्रिक गठबन्धन गरेर दुई प्रदेश सभा र १ प्रतिनिधि सभामा जितेको छ। धादिङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पहिलेको ३ नम्बर अहिलेको १ नम्बर निर्वाचन क्षेत्रमा पहिलो पटक काँग्रेसका उम्मेदवार सांसदमा विजयी भएका छन्। क्षेत्र नम्बर २ मा पनि काँग्रेसले २३ बर्ष पछि विजयको झण्डा फहराएको छ।
धादिङ क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका मदुकुमार श्रेष्ठ विजयी भएका छन्। नेकपा एमालेका रमेश आचार्यलाई पराजित गर्दै श्रेष्ठले काँग्रेसको इतिहास रच्न सफल भएका हुन। आचार्य बिरुद्ध एमालेका पूर्व अध्यक्ष नेत्र पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको बलियो आधार क्षेत्रमा काँग्रेस विजयी हुन पुगेको हो। २०६४ मा तीन वटै क्षेत्रमा माओवादी विजयी भएकोमा २०७० मा एमालेले तीनै क्षेत्र जितेको थियो भने २०७४ मा वाम गठबन्धनले दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र चुनाव जितेको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस