चितवन क्षेत्र नं. ३ (क)मा राप्रपाका गिरबहादुर (ज्ञानुजंग) तामाङ बिजयी।
२०७९ मंसिर ८, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
हेल्लो चितवन अन्लाईन् (१ साल अघि)
भरतपुर । प्रदेशसभा अन्तरगत चितवन क्षेत्र नं. ३ (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर (ज्ञानुजंग) तामाङ बिजयी भएका छन। बिहीबार बिहान ३ः३० बजे सकिएको सो प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७८१३ मत पाएर तामाङ प्रदेशसभा सदस्य निर्वाचित भएका हुन।
उनको निकटतम् स्पर्धीमा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेपाली काँग्रेसका प्रा.डा. सुर्यकान्त घिमिरेले १४९५६ र सो क्षेत्रका पूर्व प्रदेश सांसद पनि रहेका नेकपा (एमाले)का कृष्ण भुर्तेलले ११६२३ मत पाएका छन्। चितवन ३(क) को मतगणना सकिएसंगै अब चितवन ३(ख) को मतगणना सुरु हुँदैछ। प्रतिनिधि सभा (चितवन ३)तर्फ भने राप्रपाकै बिक्रम पाण्डेको फराकिलो अग्रता कायमै छ।
पाण्डेले १९९२७ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का डा. भोजराज अधिकारीले ११२९५, राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले ९३१७ र एमालेको समर्थन पाउनुभएका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६११७ मत पाएका छन ।
प्रतिक्रिया दिनुहोस