२०७९ मंसिर ६, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
हेल्लो चितवन अन्लाईन् (१ साल अघि)
चितवन । इच्छाकामना गाउँपालिकाको मतगणना हुँदासम्म तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कालिका नगरपालिकाको मतगणना थालेपछि मतान्तर घटाउन थालेका छन्।
इच्छाकामना गाउँपालिकाको सात वटा वडामा १० हजार ४६८ गणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले तीन हजार ६२३ ल्याएर पहिलो स्थानमा थिए। दोस्रो स्थानमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन हजार २१६ मत ल्याएका थिए।
रवि लामिछानेले भने जम्मा दुई हजार ९७८ मत पाएका थिए। जबकी रवि लामिछानेले इच्छाकामना गाउँपालिका क्षेत्रबाट करिब दुई हजार मत ल्याउने अपेक्षा गरेका थिए।
कालिका नगरपालिका प्रवेश गरेपछि उनले मतान्तरलाई घटाउन सुरू गरेका छन्। पछिल्लो जानकारीअनुसार एमालेका पोखरेलले तीन हजार ७३८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले तीन हजार ५२७ मतसहित दोस्रो स्थानमा उक्लिएका छन्।
गठबन्धनका श्रेष्ठ भने तीन हजार ३६२ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्। अब रवि लामिछानेको राम्रो मत आउने आँकलन गरिएको छ। कालिका र भरतपुर महानगरपालिकामा रहेको वडाबाट लामिछानेले अग्रता लिने स्वयम् उमेदवार लामिछानेले बताइरहेका छन्।
प्रतिक्रिया दिनुहोस