सुदूरपश्चिम प्रदेशकाे जिल्ला बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
बाजुराकाे त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो।
सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको स्राेतले जनाएकाे छ। प्रहरीले चलाएकाे गाेली लागेर स्थानीयहरु घाइते छन्। बाजुराकाे अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।’
यस्तै गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन्। घाइतेहरुको पहिचान हुन सकेको छैन्। घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा पुगेकाे छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस