भरतपुर, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगर पालिका १४ मा रहेकाे नेपाल पुलिस स्कुलमा रहेकाे मतदान केन्द्र बाट मतदान गर्नु भएकाे छ ।
शान्तीपुरमा रहेकाे मतदान केन्द्रमा मतदान पछी दाेश्राे चरणकाे निर्वाचन हुनु भनेकाे संविधान स्थापित हुँदै गएकाे बताउनु भयाे ।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’
प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताएका छन् । चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने बताए । पत्रकारको प्रश्नमा उनले भने, ‘चितवन छोडेको होइन । गोरखा गएको हो । यो मेरा लागि चुनौती पनि हो अवसर पनि हो ।’
यसअघि सोही क्षेत्रबाट निर्वाचित उनी यसपटक भने गोरखा-२ मा उम्मेदवार छन् ।
यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दैछन्। उनले मतदान गरेको चितवन क्षेत्र नम्बर ३ बाट पाण्डे लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।
शिक्षा राज्यमन्त्री एवं चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार शेषनाथ अधिकारीले रत्ननगर नगरपालिका वडा नं ३ को शहीद स्मृति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै छन्।
जिल्लाको अर्को नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मतदान गर्दैछन् । उनले वडा नं ५ को हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्दैछन् । उनी चितवन क्षेत्र नं १ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन्।
माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले भरतपुर महानगरपालिका वडा नं १० स्थित नारायणी नमूना उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै छन्।
माओवादी केन्द्रका अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस