चितवन : भरतपुर महानगरपालिकाको दुई स्थानमा गएराती साढे १२ बजे कुकर बम फेला परेको छ । भरतपुर–१० भरतपुर आँखा अस्पताल अगाडि बाइपास रोड र भरतपुर–१२ आस्था चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कुकर बम फेला परेको हो ।
कालि बहादुर गण भरतपुरको टोलीले बिहान साढे ३ बजे उक्त वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दुई ठाउँमा प्रेसर कुकर शंकास्पद रुपमा राखेको खबर प्राप्त भएपछि प्रहरीले उक्त स्थानलाई सुरक्षित गरेर राखेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस