काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । यसअघि कुनै पनि राजनीतिक खेमामा नखुलेकी केकीले आफूलाई कांग्रेसको पक्षमा उभ्याएकी हुन् ।
केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् ।
‘असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन अपील गर्छु । सफल राजनीतिज्ञको रुपमा दाइको उदय होस् भन्ने कामना गर्छु,’ केकीले भनेकी छन् ।
गगनबारे केकी भन्छिन्, ‘राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता, संसदप्रतिको लगाव प्रशंसनीय छ । कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस