काठमाडौं महानगरले धमाधम परिचय पाटी (बोर्ड) हटाउन थालेको छ । महानगर भित्र रहेका अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिन २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ ।
पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिए ।
मध्य क्षेत्रअन्तर्गत पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस