निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तीन दिन विद्यालयमा बिदा गर्न सिफारिस गरेको छ ।
मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा बिदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदानस्थलको रूपमा प्रयोग गर्नुपर्ने भएकाले बिदाका लागि सिफारिस गरिएकाे आयोगले जनाएकाे छ ।
आयोगले निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक बिदा दिन पनि सिफारिस गरेको छ । आयोगले बिदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।
मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै बिदाको निर्णय कार्यान्वयन हुने आयोगले जनाएकाे छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस