गाेरखा : प्रतिनिधि सभा र प्रदेश सभाकाे मँसिर ४ गते हुने निर्वाचनकाे माहाैल गाेरखामा ह्वात्तै बढेकाे छ । बजारका चाेक, गल्ली, गाउँघरका चाैतारा, चियापसलमा जताजतै राजनैतिक परिचर्चा हुने गरेकाे हाे । मानिसहरुले प्रचण्ड गाेरखा आउनुकाे कारणबारे जिज्ञासा खाेजिरहेका छन् । २२ वर्षकाे कलकलाउँदाे उमेरमा गाेरखा आएर शिक्षण गरेका र निल परेकाे विद्यालयलाइ प्रथम श्रेणी सहितकाे उत्कृष्ट विद्यालय निर्माण गरेका प्रचण्डले गाेरखामा नै बसेर राजनैतिक यात्रा तय गरेका थिए ।
पञ्चायत विराेधी आन्दाेलन गाेरखा बसेर नै गरे । जनक्रान्ति र गणतन्त्रकाे सुरुवात गाेरखामा नै हेडक्ववाटर खडा गरेर गरेकाे उनले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।
प्रचण्ड सँधै राजनीतिमा सक्रिय रहँदै नेपालमा फरक फरक नीति तथा सिद्धान्तकाे प्रयाेग समेत गर्दै आएका छन् । उनले यसपटक गाेरखाबाट आर्थिक समृद्धिकाे यात्रा तय गर्ने बताएका छन् । हाल सम्म गाेरखाका १०४ वटा सभामा सम्बाेधन गरिसकेका प्रचण्डले पटक पटक एउटै कुरा दाेहाेर्याएका छन् । कानुनी हिसावले उनी गाेरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले आफूलाइ एउटा निर्वाचन क्षेत्रका भन्दा पनि गाेरखाकाे उम्मेदवार भनिरहेका छन् ।
नेपाललाइ लगानीकाे गन्तव्य बनाउने र सबैलाइ यही भविष्य निर्माण गर्नका लागि वातावरण बनाउन प्रचण्ड लागि परेकाे देखिन्छ । स्पष्ट स्वभावका प्रचण्डकाे कुनै जालझेल, षड्यन्त्र र अस्प्षटता देखिदैन ।
विहान ६ बजेदेखि राती १० बजेसम्म उनले जनताहरुसँगकाे भेटघाट, सभा, सम्मेलन, विकास निर्माणका छलफलमा सहभागि छन् । उनले गाेरखामा विद्यार्थी, युवाहरु, शिक्षक, विभिन्न जनवर्गिय र जातिय सँघ, सँगठनहरु, व्यावसायि, उद्याेग वाणिज्य सँघका व्यावसायी, सहिद वेपत्ता परिवार सबैसँग भेटघाट गरेका छन् । जान नभ्याएका कतिपय स्थानमा निर्वाचन पछि अवश्य आउने वचन उनले दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गाेरखामा विकास भित्रिने गाेरखाली नागरिकहरुमा अपेक्षा छ । समाजवादकाे यात्रामा रहेका प्रचण्ड यस अघि राेल्पा, काठमाण्डाै, सिराहा, चितवनबाट निर्वाचन लडेका थिए । जतिवटा निर्वाचन भयाे उनले त्यतिनै पटक फरक स्थानबाट चुनावमा भाग लिँदै र विजयी हुँदै आएका छन् । देश निर्माणकाे सपना बाेकेर अगाडी बढेका प्रचण्ड विकासमा नेपालकाे माैलिक माेडल तय गर्न विभिन्न भूगाेलमा जाने गरेका उनलाइ नजिकबाट चिन्नेहरु बताउँछन् ।
प्रचण्डलाइ रेकर्ड राख्ने गरी मत दिएर विजयी गराउन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवँ गाेरखा क्षेत्र नम्बर दुइ (ख) का उम्मदवार सुरेन्द्रराज पाण्डे बताउँछन् ।
प्रचण्डले सार्वजनिक कार्यक्रममा र अघिपछि पनि भनेका छन्, राणा शासन, पञ्चायती व्यवस्था हटाउन र देशमा गणतन्त्र ल्याउन काँग्रेस र कम्युनिष्टहरुकाे एकताले नै काम गरेकाे छ । यस पटक आर्थिक समृद्धिकाे यात्रालाइ अघि बढाउन याे गठबन्धन पूर्ण सफल हुने उनले प्रष्ट गरेका छन् । याे निर्वाचनले काँग्रेस, माओवादी, नेकपा एस, नेसपा, राष्ट्रिय जनमाेर्चाकाे गठबन्धनले बहुमत ल्याउने उनले बताएका छन् ।
प्रचण्ड एकदुइ जनाकाे लागि भन्दा पनि देशका सबै नागरिकहरु र समग्र देशकाे अवस्था परिवर्तनका लागि अहाेरात्र खटेका छन् । उनले २०३३ साल देखि देशकाे परिवर्तनकाे लागि गाेरखालाइ केन्द्र बनाएर काम गर्दै आएका छन् । देश र जनताकाे परिवर्तन र मुक्तिका लागि निरन्तर सँघर्ष गर्ने प्रचण्ड देशलाइ आर्थिक समृद्धिबाट अघि बढाउन लागि परेका छन् ।
गाेरखामा अन्य पार्टीहरु राप्रपा, राप्रपा नेपाल, नेकपा एमाले लगायतका केही स्वतन्त्र नागरिकहरु पनि गाउँ गाउँमा मत माग्दै कार्यक्रमगरिरहेका छन् । उनीहरुले अधिकाँश समय परिवर्तनका विरुद्धमा, शान्तिका विरुद्धमा प्रचार गरिरहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस