काठमाडौँ, भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपालामा पेट्रोलियम पदार्थको मूल्य फेरि ह्वात्तै बढाएर पठाएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो। पेट्रोलियम पदार्थको मूल्य भारी बृद्धि, मुल्य घट्दा नघटाउने आयल निगमले अब के गर्ला?
निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ।
नयाँ मूल्यसूची अुनसार पेट्रोलमा ०.६१ रूपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ प्रति लिटर, मट्टितेल ४.०१ प्रतिलिटर र हवाइ इन्धनमा ४.७७ रूपैयाँ प्रतिलिटर बढेर आएको छ। एलपी ग्याँसको मूल्य भने केही घटेर आएको उल्लेख गरेको छ।
यो सँगै निगमलाई १५ दिनमा डिजेलमा प्रतिलिटर १२.१४ रूपैयाँ र खाना पकाउने ग्यासमा २२८.८४ रूपैयाँ प्रति सिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा नै छ।
निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।
यससँगै ग्यासमा भएको घाटा समायोजन गर्दा समेत निगमलाई १५ दिनमा १८ करोड नाफा हुने भएको छ। अघिल्लो पटक निगमले १५ दिनमा ३९ करोड नाफा हुने प्रक्षेपण गरेको थियो। यसरी हेर्दा एक महिनामा निगमले ५७ करोड नाफा कमाउने देखिन्छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना १५÷१५ दिनमा आयल निगमलाई मूल्य पठाउने हो।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ।
यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।
निगमले नेपाल सरकार, राष्ट्रिय वाणिज्य बैंक र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई २९ अर्ब ११ करोड रूपैयाँ तिर्न बाँकी रहेको जनाएको हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस