एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन्। बिहीबार विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका हुन् ।
उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको वेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए । उनले सरकार ढलेपछि अहिले ओली उट्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उट्पट्याङ कुराहरूको संकलन गर्नुपर्ने वेला भएको बताए।अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताए ।
उनले अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए । अध्यक्ष नेपालले नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको स्राेत भनेको भ्रष्टाचार र लुट रहेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुर्याउने बताए । उनले आफ्नो सरकारले सुकुमबासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताए । उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस