दमक, एमाले अध्यक्ष केपी ओलीले ज्येष्ठ नागरिकको बुढेसकालमा एमाले नै सहारा भएको बताएका छन् । झापा ५ को दमकमा बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेको ज्येष्ठ नागरिक भत्ता नै बुढेसकालको सहारा भएको बताएका हुन् । उनले भत्तालाई समयअनुकूल र महँगीको अनुपातमा वृद्धि गरिने आश्वासन दिए । ‘वैंशमा जति फुर्ती गरे पनि बुढेसकालमा एमालेको लौरो टेकेर हिँड्नुपर्छ,’ ओलीले भने, ‘एमालेको ज्येष्ठ नागरिक भत्ता नै सहारा हो । हामी भत्ता समायअनुकूल र महँगीको अनुपातमा बढाउँदै जानेछौँ ।’ ओलीले देशभर एमाले प्रवेशको लहर चलिरहेको दाबी गरे । अन्य पार्टीमा पहिरो गइरहेको भन्दै उनले अहिले एमालेसँग प्रतिस्पर्धा गर्नेहरू पछि एमालेमै आउने जिकिर गरे । ‘एमालेसँग लडे पनि पछि एमालेमा नआएर धर छैन । देश बनाउने भए एमाले नआए उपाय नै छैन । एमालेविरुद्धमा उम्मेदवार भएका व्यक्तिहरू एमालेमै प्रवेश गर्नुहुनेछ,’ ओलीले भने, ‘यो लहर यहाँ मात्र होइन देशभर छ । अरू पार्टीमा थाम्नै नसक्ने पहिरो गएको छ । अरू पार्टी डिलमाथि भएजस्तो खुत्रुक्क हुनेबित्तिकै लडिहाल्ने भएका छन् ।’ उनले एमालेले चुनावमा अत्यधिक बहुमतले नल्याए देश बर्बादीतर्फ जाने बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस