चितवन, नेपाली कांग्रेसबाट विद्रोह गरेर भुइँकटहर समूहमा रहनुभएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो पक्ष मा जनमत नजुट्ने देखेपछि पौडेलले अहिले बिलौना गर्न थालेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दिनेश कोइराला लगायतका भुइँकटहर समुहका साथीहरुले जबर्जस्ती उम्मेदवारी दिन लगाएको र बिच बाटोमा नै अलपत्र छोडेको आरोप लगाउनु भएको छ ।
दिनेश कोइराला लगायतको टोलीसँग गरिएको वार्तामा आफूलाई जबर्जस्ती उम्मेदवारी दिन बाध्य पारिएको र घुमाउरोबाट साथीहरुले साथ छोडेको आरोप लगाउनु भयको छ ।
पौडेलले उम्मेदवारी दिन आफ्नो इच्छा नहुँदै नहुँदै पनि सबै साथीहरुले सर्वसम्मत समर्थन गर्छौं भनेपछी उम्मेदवारी दिएको तर बिच बाटो मै छोडेर अर्कोलाई समर्थन गरेपछि आक्रोसित हुँदै चुनाव हारे त्यसको जिम्मा आफूहरुको नहुने जानकारी दिनुभयो। साथै पौडेलले सानो सानो स्वार्थमा अल्मलिएर ,नैतिकता र इमान गुमाएर, सन्त , महन्त र क्रान्तिकारी भएको बहाना नगर्नु नै ठीक रहेको बताउनुभयो ।
“हिजो लडाइँमा जिम्मा लिएको र विजय हाँसिल गरेको व्यक्ति तपाइँलाई नै हामीले समर्थन गर्छौ भन्दै साथीहरुले मेरो टाउकोमाथि उम्मेदवारी दिन सर्वसम्मत निर्णय थोपर्नुभयो, मेरो इच्छा थिएन, तर उहाँहरुको समर्थन अर्को उम्मेदवारलाई गयो” पौडेलले भन्नुभयो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस