काठमाडौँ, सत्ता गठबन्धन बाट प्रधानमन्त्री को बन्ने भन्नेमा “कांग्रेस माओबादी को दोहोरीनै चल्न थालेको छ । आफ्नो पक्षमा बहुमत आउला नआउला त्यो मंसीर ४ को निर्वाचनपछि मात्र थाहा हुनेछ । त्यो भन्दा अगाडिनै दुबै पाटी आ-आफ्नो पक्ष मा डम्फु बजाउन ब्यस्त छन्।
“कांग्रेसको नेतृत्वमा सरकार बन्छ। शेरबहादुरजी प्रधानमन्त्री बन्ने कुरामा कुनै दुईमत छैन। यसलाई भट्याइरहनु आवश्यक छैन,” महतले भने।
कांग्रेसभित्रैबाट देउवालाई प्रधानमन्त्रीमा चुनौती आउने सक्ने प्रश्नमा महतले त्यस्तो नहुने जिकिर गरे। महतले भने, “कांग्रेसभित्र पनि देउवालाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन।”
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको बटमलाइन भएको बताए ।
बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महतले मंसीर ४ को निर्वाचनपछि सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने भएकाले ठूलो पार्टीका तर्फबाट देउवालाई नै प्रधानमन्त्रीका रूपमा अघि सारिने उनको भनाइ थियो।
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहेका महतले गठबन्धनका कारण कम सीटमा उम्मेदवारी दिएको भए पनि कांग्रेस नै ठूलो पार्टी बन्ने दाबी गरे।
यसै गरी गोरखामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड अबको प्रधानमन्त्री बन्ने भन्दै उनीहरुका लागि मत मागे ।
यस पटक प्रचण्ड गोरखा–२ बाट चुनाव लड्दै छन् । यसअघि यो क्षेत्रमा भट्टराईले उनले जित्दै आएका थिए । तर, यसपटक संसदीय निर्वाचन लड्ने घोषणा गरेपछि प्रचण्ड यो क्षेत्रमा चुनाव लड्न लागेका हुन् । प्रचण्डले आफ्नो क्षेत्रमा चुनाव जित्नेमा भट्टराई विस्वस्त छन् ।
डा भट्टराईले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री हो यही क्षेत्रले प्रधानमन्त्री पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् त ?’
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा– २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस