चितवन, नेपाली कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले आम निर्वाचनलाई लक्षित गरी आज भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेका छन् । उद्योग वाणिज्य संघ नारायणगढमा दिउँसो १ बजे हुने भनिएको कार्यक्रममा शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा अन्तरसंवाद गर्ने भनिएको छ ।
२०७० सालको निर्वाचनमा चितवन–४ का उमेदवार कांग्रेसका केन्द्रिय सभापति सुशिल कोइराला विरुद्ध बागी उमेदवारी दिएपछि कोइरालाई पार्टीबाट निश्कासन गरिएको थियो । पार्टीबाट निश्कासित भएपनि जिल्लामा कोइरालाको प्रभाव अझै पनि छ । उनको कारबाहीको समयसिमा २०७६ मा नै सकिएपनि कारबाही फुकुवा अझै भएको छैन । कोइरालाको कारबाही फुकुवा गरी क्रियाशिल सदस्यता नविकरण गरिदिन कांग्रेसको जिल्ला कार्य समितिले २०७६ चैत ६ गते केन्द्रिय समितिलाई पत्राचार गरेको थियो ।
अष्ट्रेलियामा दुई महिना बसेर हालै मात्रै स्वदेश आएका पूर्व जिल्ला सभापति कोइरालाले सार्वजनिक गरेको निमन्त्रणामा ‘शुभकामना आदानप्रदान तथा चियापान’ भनिएको छ । पूर्व जिल्ला सभापति कोइरालाको चियापान कार्यक्रमले कांग्रेसभित्र नै तरंग पैदा गरेको छ। कोइरालाको चियापान कार्यक्रमले आगामी निर्वाचनलाई असर पुग्ने चितवन कांग्रेसको आशंका छ ।
पूर्व जिल्ला सभापति कोइरालाले आज (बुधबार) भेटघाट तथा चियापान कार्यक्रम राखेको सूचना पाएपछि जिल्ला सभापति खनालले हतार–हतारमा कोइराला बाहेकका पूर्व सभापतिको नाम समावेश गरी निर्वाचनलाई लक्षित गरी कुनै पनि किसिमको कार्यक्रम नगर्न निर्देशनसहितको विज्ञप्ति निकालेका थिए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व सभापति कृष्णलाल सापकोटा र विकास कोइरालाको नाम हटाएर बाँकी पूर्व सभापतिको नाम प्रकाशित गरेपछि नेपाली कांग्रेस चितवनका कर्यकर्ता हरु विकास कोइरालाको पक्ष मा वोकालत गर्न थालेका छन् ।
सभापति खनालले मंगलबार साँझ सापकोटा र कोइराला पार्टीको पूर्व सभापति नै नभएको आशयको विज्ञप्ति निकालेपछि मंगलबार राती नै सचिव पोखरेलले विज्ञप्ति निकालेर खनाललाई काउन्टर दिएका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस