चितवन । नेकपा (एमाले)बाट प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा चितवनबाट तीन जना मात्रै अटाएका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पत्नीसहित तीन जना समानुपातिकको सूचीमा अटाएका हुन् ।
बादल पत्नी नैनकला थापा मगरको नाम आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेको छ । यस्तै खसआर्य पुरुषतर्फ १६ नम्बरमा पुरुषोत्तम न्यौपानेको नाम उल्लेख छ । थारुतर्फ महिलाको दोस्रो नम्बरमा शान्ति चौधरीको नाम समेटिएको छ । उनी खैरहनी निवासी हुन् ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा चितवनबाट ४ जना समेटिएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस