चितवन, भरतपुरमा रहेको २२ एमभिए ट्रान्सर्फमर जलेपछि शुक्रबारसम्म विद्युत वितरणमा समस्या देखिने भरतपुर विद्युत वितरण केन्द्रले जानकारी दिएको छ ।
भरतपुर सव स्टेशनमा दुई थान २२ एमभिएका ट्रान्सर्फमर मध्ये हिजो एउटा जलेको थियो । ट्रान्सर्फमर जलेपछि नारायणघाट र भरतपुर क्षेत्रमा आलोपालो गरेर विद्युत छाडिएको भरतपुर विद्युत वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । हिजोदेखि भरतपुरका क्षेत्रमा विद्युत आउने जाने भैराखेको छ । अहिले बस कप्लर लगाई एकबाट सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो ।
भरतपुर १, भरतपुर २, औद्योगिक १, गणेशस्थान फिडर अहिले थ्री फेज ग्राहकको उल्टा फेज सिक्वन्स गरि केवल लाईटिङ्ग लोड मात्र संचालन भएको उहाँले बताउनुभयो । ट्रान्सर्फमर ओभरलोड भएको अबस्थामा अलोपालो फिडर काटिने छ । समय समयमा पानी परिरहेकाले मर्मत गर्न तीनदिनसम्म लाग्ने उहाँले कालिका एफ.एमलाई जानकारी दिनुभयो । उहाँले अर्को ट्रान्सर्फमर मर्मत भै संचालन नभए सम्म ठुला लोड खपत हुने वस्तु सञ्चालन नगरी सहयोग गर्न सेवाग्राहीलाई अनुरोध गर्नुभएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस