राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।
१८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्यो ।
पीडित भनिएकी बालिकाको मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ ।
यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।
समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर मंगलबार साँझ मात्र उजुरी परेको हो ।
लामिछाने भने अहिले नेपाल बाहिर छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस