पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
२ जना भारतीय नागरिकलाई लागू औषध मुद्दामा फँसाएको आरोप लागेका बैजुलाई जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको हो।
गुप्ता माओवादीबाट निर्वाचित भएका हुन् । दिनुपर्ने रकम हडप्नको लागि गाउँपालिका अध्यक्षले बैजुले रामा र जितेन्द्रलार्ई लागु औषध मुद्दामा फसाएको आरोप छ।
लागुऔषध मुद्दामा गुप्तालाई पक्राउ गर्न प्रहरीले अनुमती मागेकाले अदालतबाट अनुमती दिएको जिल्ला अदालत नवलपरासीका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए।
असार २२ गते नवलपरासीको रामग्राम नगरपालिका १७ पिपरहियाबाट प्रहरीले भारत मोतिहारी घर भई भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जीतेन्द्र पासवनलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो।
गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता र पक्राउ परेका रामा गुप्ताले साझेदारीमा कवाड व्यवसाय गर्दै आएका थिए।
व्यवसायबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमति बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले रकम दिन आलटाल गर्दै आएको रामाका आफन्तले बताएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस