‘जापान पठाउँछु’ भनेर १३ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएर ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा छन् ।
उनलाई काठमाडौं–३१ सुविधानगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
सिलास रम्तेललाई उनले ‘वर्किङ भिषामा जापान जान १३ लाख रुपैयाँ लाग्छ’ भनेर १३ लाख लिएपछि सम्पर्क बिहिन भएकी थिइन् ।
जापान पुगेपछि प्रतिष्ठित होटलमा ‘काम लगाईदिन्छु’ भनेर आरोपीले रम्तेललाई मासिक ३ लाख तलव पाउने सपना देखएकी थिइन् ।
वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गरेर उपस्थित गराइदिन उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस