पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् ।
एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ ।
विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् ।
डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन् ।
पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताएका छन् ।
पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको प्रसूति वार्डमा ठाउँ अभाव भएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसै क्रममा उनको मृत्यु भयो ।
गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको र नवजात शिशुलाई आइसीयूमा भर्ना गरिएको पोर्चुगलको राजधानी लिस्बनस्थित सो फ्रान्सिस्को जेभियर अस्पतालले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस