कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।
नेकपा ( माओवादी केन्द्र) संसदीय दलले उनीहरुलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाएका हुन् ।
राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् । साेमबार नयाँ मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस