काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा सवालजवाफ चलेको छ ।
काठमाडौंको फोहोर व्यवस्थापनको बारेमा मेयर साम्पाङले बेला बेला सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आएका छन् ।
मेयर साम्पाङले बुधबार साँझ पनि सामाजिक संजालमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए ।
उनको पोष्टमा काठमाडौँ महानगरका मेयर बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’
हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस