काठमाडौं। काठमाडौँ महानगरपालिकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध तत्कालका लागि हट्ने भएको छ ।
बुधबार साँझ काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलमा ३ बुँदे सहमति भएपछि बञ्चरेडाँडामा फोहोर फाल्नका लागि भइरहेको अवरोध तत्कालका लागि अन्त्य भएको हो ।
बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभावी फोहोर खसाल्न नपाइने सहमति भएको छ । साथै गत २६ जेठमा भएको सहमति कार्यान्वयनका लागि समेत दुवै पक्ष सहमत भएका काठमाडौँका प्रजिअ गोविन्द रिजालले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस