काठमाडौँ । साउनको अन्तिम सोमबार भएकाले आज बिहानैबाट गौशालास्थित पशुपतिनाथको दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ ।
साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
जस कारण साउनको सोमबार व्रत बस्ने र शिवको आराधना गर्ने गरिन्छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थियो । यस वर्षको साउनको आज अन्तिम सोमबार हो ।
यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउनको सोमबार व्रत बसेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस