काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले आजको बैठकमा पेश गरिने तीन वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
बैठकमा ‘कारागार विधेयक, २०७८ पारित गर्ने कार्यसूची छ । त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने सम्भावित कार्यसूची छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस