खार्तुम । सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ ।
हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले बुधबार जानकारी दिएका छन् ।
इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने ।
शनिबारदेखि सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस