काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा दिउँसो १ बजे बैठक बस्न लागेको केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिएका छन् ।
बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा छलफल हुने उनले बताए । यसअघि असार २९ गते बसेको केन्द्रीय समिति बैठकले आज पेस गर्ने तयारी गरिएको राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस