काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडासँग भेटवार्ता गर्ने छन् ।
तीन दिने भारत भ्रमणमा रहेका प्रचण्डले आज भ्रमणको अन्तिम दिन भाजपा अध्यक्ष नाडडासँग भेट्न लागेका हुन्। प्रचण्ड उनकै निमन्त्रणामा दिल्ली पुगेका हुन् ।
गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले सोही दिन भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार बिदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । प्रचण्ड आजै स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस