चितवन, भरतपुर चितवनमा भयका विविध समस्याहरुलाई व्यवस्थापन गर्न प्रभावकारी प्रहरी परिचालन गरि दुर्घटना न्युनीकरण तथा अपराध नियन्त्रण तथा गत आर्थिक बर्ष मा सम्पादन भएका कार्यक्रमहरुको समीक्षागर्दै आगामी दिनहरुमा गर्नु पर्ने कार्यको साथ साथै सेबा लाई अझ कसरी सर्बसाधारण को पहुच मा सहजै पुर्याउन सकिन्छ भनेर आज जिल्ला प्रहरी कार्यालय तथा मातहत स्थित प्रहरी ईकाईहरुका कार्यालय प्रमुख हरुलाई जिल्ला प्रहरी कार्यालय चितवन का कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीबाट निर्देशन सम्बोधन व्यक्त गर्नु भयको छ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, शाखा प्रमुखहरु र मातहत ईकाईका कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस