नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ ।
रिटकाे तयारी केहि कानुन व्यवसायीहरुले गृहकार्य गरिरहेका छन् ।
नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य हुँदा नै नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ति गरिएको भन्दै उनको नियुक्ति माथि नै प्रश्न उठेको छ ।
यसअघि उनलाई सरकारले निलम्बन गरेपनि पछि महाप्रसाद अदालत गएका थिए ।
तर अहिले नियुक्ति नै गैरकानुनी भएको प्रश्न उठेको छ । नेपाल राष्ट्र बैंकको प्रचलित कानुनले कुनै पनि राजनीतिक पार्टीका सदस्यलाई गभर्नर बन्न दिंदैन ।
तर उनी नियुक्त हुँदा नै उनी नेकपा एमालेको विभागमै रहेर काम गरिरहेका व्यक्ति भएको खुलासा भएसँगै यो प्रकरण थप पेचिलो बनेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस