काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै छन् । यो उनीहरूको दोस्रो ठूलो चाड हो । देशभरका मस्जिदमा मुस्लिम धर्मावलम्बीको बिहानैदेखि भिड लागेको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाइन्छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्ने गर्छन् । नमाज पढेर एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
काठमाडौंको घण्टाघरस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिदमा पनि मुस्लिम धर्मावलम्बीको भिड लागेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस