काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै छन् ।
८ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ चारदिने नेपाल आउन लागेका हुन् । नेपालले अमेरिकी कार्यक्रम एसपीपी अस्वीकार गरेपछि चिनियाँ पक्षबाट हुन लागेको यो पहिलो भ्रमण हो।
लिउले भ्रमणका क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षाी दल नेकपा एमालेका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ।
त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग विशेष भेटघाटको कार्यक्रम तय भएको छ।
संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।
नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक बनाउन भूमिका खेल्दै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ।
लिउ नेतृत्वको चिनियाँ टोलीले ९ असारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, १० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली र १६ असारमा कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरेको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस